एमाले वडा अधिबेशनमा जेष्ठ नागरिक सम्मानित

 कार्तिक ०६, २०७८


तुलसीपुर । एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को प्रथम अधिवेशनका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । लामो समयसम्म पार्टि आन्दोलन, संगठन सुदुढीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

वडा कमिटि उपाध्यक्ष विमल रेग्मीको अध्यक्षता एवम नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य भोजराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ८० वर्ष नाघेका पदमप्रसाद रेग्मी,भरतराज शर्मा, श्रीधर पौडेल, जेष्ठ नागरिकहरु वामदेव रेग्मी, रामबहादुर योगी, माधव पोख्रेल,लक्ष्मण पोख्रेल, इन्द्रबहादुर खत्री, मैताराम विश्वकर्मा, लगायतका लाई सम्मान गरिएको हो ।

कार्यक्रमको सञ्चालन गोकर्ण पौडेल र लोकबहादुर रोकाले गर्नुभएको थियो । वडा अधिबेशनले विमल रेग्मीको अध्यक्षतामा कमिटि सर्वसम्मत रुपमा चयन गरएिकोछ ।

तपाईंको प्रतिक्रिया