तुलसीपुर बस दुर्घटना: एक जनाको मृत्यु

 कार्तिक ०७, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेका घोराही उपमहानगरपालिका १० कटुकी बस्ने बर्ष २८ का प्रेम परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

घोराहीदेखि तुलसीपुरतर्फ आउदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस आज साझ दुर्घटनामा परेको हो । बसमा सवार २१ जना घाईतेको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भैरहेको छ ।

तपाईंको प्रतिक्रिया