तुलसीपुरमा १३ बर्षिय बालिका बलात्कृत

 कार्तिक ०७, २०७८

तुलसीपुर । तुलसीपुरमा एक बालिका माथी बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर १७ बस्ने एक १३ बर्षिया बालिका माथी सोहि ठाउँका एक युवकले बलात्कार गरेको भनि पिडित पक्षले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटना गत कात्तिक ३ गते भएको हो । राती साढे आठ बजेतिर बालिकालाई गाउँ नजिकैको खुलाचौरमा लगेर स्थानिय युवक २० बर्षिय दिनेश चौधरीले बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ ।

पिडित पक्षले युवक विरुद्ध प्रहरी कार्यालयमा जवरजस्ती करणी मुद्धा दर्ता गराएका छन् । आरोपित युवक चौधरी भने फरार रहेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।।

तपाईंको प्रतिक्रिया