नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

 कार्तिक १४, २०७८

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक साफ फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पारजित हुँदै उपविजेता बनेको थियो ।

तपाईंको प्रतिक्रिया