हिरा डाँगी स्मृति कप: सक्सेस फाईनलमा

 कार्तिक १४, २०७८

लक्ष्मण बस्नेत , तुलसीपुर । सक्सेस फुटबल क्लब दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसी घोराही लाई सुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।

खेलअबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी न ४ का खेलाडी सबिन ओलि म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय र ट्रफी हात पारे । त्यस्तै पहिलो गोलकर्ताको पुरस्कार जर्सी न ८ का ब्रीजेस चौधरी ले हात पारे ।

यसैबिच प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टरिगाउ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन् । खेल दिउँसो साढे दुई बजेपछी हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिएका छन् । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

तपाईंको प्रतिक्रिया