विद्युत बक्यौता ५ करोड, २० लाख असुल: फर्साल

 कार्तिक २१, २०७८


तुलसीपुर । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत बक्यौता असुल गर्न लाईन काट्ने अभियान थालेको छ । केन्द्रले कार्तिक १ गते देखि यो कार्यको सुरुवात गरेको हो
। बक्यौताको सुचि हेर्दै लामो समय सम्म पनि महशुल नबुझाउनेको लाईन काटेको केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभएको छ ।

जनमुखी खवरसंग कुराकानि गर्दै फर्सालले कार्तिक १३ गतेसम्म १ सय ६४ जनाको घरमा लाईन काटीएको जानकारी दिनुभयो । ‘यसबाट ५ करोड बक्यौता मध्ये झण्डै २० लाख बक्यौता असुल भएको छ’ – फर्सालले भन्नुभयो ।

तपाईंको प्रतिक्रिया