राष्ट्रिय जनगणनाको तयारीे पूरा

 कार्तिक २४, २०७८

तुलसीपुर । भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ ।

उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को सुरुवात गर्ने बताउनुभयो । यता दाङका एकसय वडामा ८ सय ४ गणकहरु खटिएका छन ।

तपाईंको प्रतिक्रिया