भारतमा सवारी साधन दुर्घटनामा १२ जनाको मृत्यु

 कार्तिक २४, २०७८

काठमाडौं । भारतमा आज सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । भारतको राजस्थान बाडमेर जिल्लाको जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।

राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रक बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज साढे १० बजे बस र ट्रक आपसमा ठोक्किएलगत्तै आगो लागेको थियो । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया