विद्यालय कर्मचारी परीषद् तुलसीपुरको अधिबेशन भोली

 कार्तिक २६, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् तुलसीपुर नगरको अधिबेशन भोली हुने भएको छ । नगर समितिको बुधवार बसेको बैठकले पालीकाको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको हो । नगर अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अधिबेशन राप्ती शान्तीउद्यानमा विहान ११ बजे हुने भएको हो ।

अधिबेशनले नँया कार्यसमिति चयन गर्नेछ । केन्द्रीय निर्देशन अनुसार समावेसि हिसावले समिति चयन हुने अध्यक्ष शर्माले जानकारी दिनुभएको छ । साथै अधिबेशनको तयारी सबै पुरा भएको र उपस्थितीको लागी विद्यालय कर्मचारीहरुमा आग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया