डिग्रे मेला सकियो ( तस्विर मा हेर्नुहोस )

 मङि्सर ०३, २०७८

रुकुम पश्मि । हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको डिग्रे मेला यो बर्षको आज सकिएको छ । ५ दिनसम्म चल्ने मेला एकादशी देखि चतुर्दशीका दिनसम्म पुजापाठ, मन्दिरको दर्शन सहित बोकाको बलि दिईन्छ ।

मेलाको अन्तिम दिन अर्थात आज पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ ।


गत वर्ष भने कोरोना महामारीका कारण मेला लाग्न सकेन् । यो वर्ष भने कोरोना भाइरसको महामारीको जोखिम घट्दै गएपछि मन्दिरमा मेला लागेको हो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा रहेको डिग्रे शाईकुमारीको मन्दिरमा यो वर्ष करिब डेढ लाख मानिसले मन्दिरमा पुजापाठ, दर्शन सहित मेला भरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले बताउनृ भया ।

मेलामा रुकुम पश्चिम सहित बाह्य जिल्लाहरु रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, दाङ, रोल्पा, बाँके सहित विभिन्न ठाउँबाट मानिसहरु आएर पुजापाठ गरेको बताईएको छ ।

तस्विर — राजेश गौतम

तपाईंको प्रतिक्रिया