उरहरी बजारमा सरसफाई

 मङि्सर ०४, २०७८


अंकित खनाल, उरहरी । तुलसीपुर उपमहानगरपालिका वडा न.११ स्थित उरहरी बजारको सरसफाइ गरिएको छ । दैनिक बढ्दै गएको धुलो र प्रदुषणका कारण स्वास्थ्यमा समस्या देखिने खतरा बढेपछि बजार ब्यबस्थापन समितिले बजार सरसफाइ गरेको हो । बजार क्षेत्रमै पक्की सडक नहुदा र खाल्डाखुल्डीका कारण स्थानीयले दैनिक धुलो खान बाध्य भएका छन ।

साथै आवत जावतमा समेत समस्या भएपछि बजार फोहर ब्यवस्थापन तथा मर्मत सम्भार गरेको छ । बजार ब्यबस्थापनका लागि स्थानीय सरकारलाई राप्ती राजमार्ग देखि दामोदर रोड जोड्ने ४०० मिटर लामो सडक कालापत्रे , सडक बत्ती जडान , फोहोर ब्यबस्थापन गर्ने गाडि र मेन चोकमा रहेका ठुला–ठुला खाल्डाखुल्डीहरुको ब्यबस्थापन गर्न पहल गर्दा पनि नभएपछि धुलोले समस्यामा परेका छन ।

छोटो समयमा नै बजार विस्तार भएपछि भिडभाड बढि हुने हुदा खाल्डा खुल्डीको जोखिम समेत बढेको छ ।।

तपाईंको प्रतिक्रिया