वन संरक्षण गर्ने उपभोक्ताले उपभोग गर्न पाउनुपर्छ

 मङि्सर ०४, २०७८


तुलसीपुर । दंगीशरण गाउँपालिकामा प्राकृतिक स्रोतमाथि महिला अधिकार तथा आर्थिक शसक्तिकरणमा सामुदायिक वनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंंघका केन्द्रिय अध्यक्ष भारती पाठकले वनको संरक्षण, व्यवस्थापन गर्ने अधिकार स्थानीय समुदायलाई भएकाले उपभोक्ताले उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने सहभागीहरुले वनलाई आर्थिक समृद्धि संग जोड्नुपर्नेमा जोड दिएका थिए ।

ग्रिन फाउण्डेसन दंगीशरणका सचिव सिता डाँगीको अध्यक्षतमा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष भागीरामा चौधरी, तुलसीपुर उपमहानगरपालिका वन अधिकृत ओमकान्त भट्टराई दंगीशरण गाउँपालिका–१ का वडा सदस्य नन्दा बस्नेत, फोकोफनका अस्मिता पाण्डे, दंगीशरण गाउँपालिका फेकोफनका उपाध्यक्ष दुर्गा वली, सहजकर्ता प्रमिला चौधरी लगाएतले आआफ्ना धारना राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण स्थानीय परियोजना संयोजक दिपक परियारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया