रुकुम पश्चिमका एक युवकको शब फेला

 मङि्सर ०६, २०७८

तुलसिपुर । रुकुम पश्चिमका एक युवकको शब फेला परेको छ । गत कात्तिक ९ गते घरबाट हराएका मुसीकोट नगरपालिका १०, गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


स्थानीयले सोमबार विहान १० बजेको समयमा रोकाको शब गाउँ नजिकै भिरबाट लडेको अबस्थामा फेला पारेका थिए । स्थानियले शव देखे लगतै प्रहरीलाई खबर आएको र घटना स्थलमा प्रहरी को टोलि पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयोे । हाल घटना स्थलमा प्रहरी चौकी झुल्खेटको टोली पुगेको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया