अवकास प्राप्त शिक्षकको विदाई

 मङि्सर ०७, २०७८

दिप्तीशिखा चौधरी,दंगिशरण । दंगीशरण गाउँपालिका वडा न. ५ स्थित लक्ष्मी नारायण आधारभुत विधालयका प्रधानाध्यापकको आज एक कार्यक्रमका बिच विदाई गरिएको छ । विधालयका प्रधानाध्यापक गोविन्द प्रशाद शर्माको विदाई गरिएको हो । यस्तै कार्यक्रममा शिक्षक गेदलाल आचार्यको पनि विदाई गरिएको हो ।

शिक्षण सेवा बाट अवकास प्राप्त भए पछि द्धय शिक्षकहरुको विदाई गरिएको थियो । विद्मालय व्यवस्थापन समितीका अध्यक्ष भुप प्रशाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा अध्यक्ष दिपक गौतम, शिक्षा शाखा प्रमुख विनोद अधिकारीले फुलमाला, अविर लगाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

प्रअ आचार्य २०४६ साल देखि विद्मालयको प्रअ पदमा कार्यरत रहि सेवा प्रदान गर्नुभएको थियो भने शिक्षक गेदलाल आचार्य २०५६ सालदेखी निजी स्रोत शिक्षक पदमा रहि सेवा प्रदान गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया