साउदीमा एक नेपालीको बिचल्ली, उद्धार गरिदिन आग्रह

 मङि्सर ०८, २०७८

बिबश रसाईली , साउदी/ दमाम ।
वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको बिचल्ली भएको हो । बिगत उनी ११ महिना अघि गल्फ ओभासिज बाट डाइभिङ्गमा काम गर्न भनी साउदी गएका थिए । केसाउदी गए पछि डाईभिङ्ग काम नपाए पछी साउदीको मरभुमीमा अहिले भेडा चराउन बाध्य भएको उनि बताउछ्न ।

साउदी मरुभुमीको ठाउँमा निकै कष्टकर पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन साउदी स्थिति नेपाल दूतावास , तथा साउदीमा रहेको संघ संस्थालाई आग्रह गरेका छन् । आफुलाई धिमाल गुरुङ भन्ने मान्छेले गल्फ ओभरसिज मार्फत साउदी पठाएका थिए । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्विर र भिडियोका अनुसार उनि साउदीको निर्जन मरुभुमीमा जिबन विताईरहेका छन । आफु साउदी ईरान बोर्डर नजिक रहेको उनले बताएका छन् । रुचालको घरमा ७५ वर्षिया वृद्धा आमा र एकजना अपांग दिदि रहेको र श्रीमती आफु साउदी आएको ८ महिना पछी अर्कै पुरुष संग गएको उनले बताएका छन ।

गायक समेत रहेका रुचाल म्युजिक भिडियो बनाउँदा ऋणमा डुबेपछि खाडीमुलुक जान बाध्य भएका थिए । उनले आफ्नो वाटसप नम्बर दिदै साउदी नेपाली दूतावास तथा साउदीमा रहेको संघ संस्थालाइ स्वदेश फर्काईदिन समेत आग्रह गरेका छ्न् ।

ह्वाटसप नम्बर +966-502158978 सिधा कलको लागि +966502158978

तपाईंको प्रतिक्रिया