उरहरीमा स्वागत तथा विदाई

 मङि्सर १०, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थी विज्ञान बाबु मल्लको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । उनिहरुलाई अविर,माला र खादा लगाई मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रममा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
प्रतियोगितमा धनु परियार प्रथम,यमुना बस्नेत द्धितिय, इच्छा गौतम र संगिता नेपाली तृतीय भएका थिए । प्रतियोगितामा निर्मल कुमार वलीको संयोजकत्वमा गोमावालान क्षेत्री र शान्ता भण्डारी निर्णायकको भुमिकामा रहनुभएको थियो ।

शिक्षक देव बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक थानेश्वर आचार्य, विद्यार्थी लक्ष्मी उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने सहभागीले शैक्षिक सुधारको लागी विद्यार्थी शिक्षकका विचमा सुमधुर सम्बन्धको आवस्यकता रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजिकरण विद्यार्थीहरु नविन भण्डारी र पुस्पी पुनले गरेकाथिए । कार्यक्रम अवधिभर जुनियर रेडक्रस सर्कलले स्वयंसेवकको भुमिकामा खटिएका थिए । यसका साथै विविध सास्कृतीक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।।

तपाईंको प्रतिक्रिया