कोरोनाको नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामाकरण

 मङि्सर ११, २०७८


तुलसीपुर । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपको नामाकरण गरेको छ । हिजो आयोजित नियमित मिडिया ब्रिफिङ्गको क्रममा सङ्गठनले नयाँ भेरिएन्टलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गर्दै नयाँ स्वरुपलाई ‘ओमिक्रोन’ नामाकरण गरेको छ । कोरोनाको नयाँ स्वरुप बी.१.१.५२९ पहिलो पटक नोभेम्बरमा दक्षिण अफ्रिकाको बोत्सवानामा फेला परेको थियो ।

फेला परेको कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरुपका कारण सङ्क्रमण दरमा वृद्धि भएपनि चिन्ताको विषय भने नरहेको सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार नयाँ भेरिएन्टको सुरुवाति जाँचको क्रममा यसले फेरी सङ्क्रमणदर बढाउने र दक्षिण अफ्रिकाको लगभग सबै प्रान्तमा पुष्टि भइसकेको छ ।

तपाईंको प्रतिक्रिया