रुकुममा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

 मङि्सर ११, २०७८

तुलसीपुर । रुकुम पश्चिममा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा मुसीकोट नगरपालिका १४ का ४२ वर्षिय भिमबहादुर केसी रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । हिजो राती मुसीकोट नगरपालिका १४ मुलागैरामा रा ५ प ४३४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिक्रिया