तुलसीपुरमा माओवादी केन्द्रको सम्मेलन

 मङि्सर ११, २०७८


तुलसीपुर । नेकपा माओवादी केन्द्रले आज पालिकास्तरको सम्मेलन गरेको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले पूर्वनिर्धारित तालिका अनुसार आज ७ सय ५३ वटै पालिकामा सम्मेलन गरेको हो । यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ। माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको छ । यता दाङका पालीकामा सम्मेलनको आयोजना गरिएको छ । तुलसीपुरमा भएको सम्मेलनलाई राष्टिय सभा सदस्य जग प्रसाद शर्मा अपारले गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै शर्माल प्रगतिशिल समाजबादको आवस्यकता रहेको बताउनुभएकोथियो । उहाले कांग्रेस र एमालेले अघिसारेको जस्तो नभई फरक ढंगको समाजवाद लाई अघि बढाउनु मुख्य जिम्मेवारी रहेको बताउनुभयो ।

नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि समेत रहनुभएका शर्माले आगामि चुनावमा पार्टिलाई पहिलो शक्तिका रुपमा स्थापित हुने गरि पार्टिले तयारी थालेको बताउनुभयो । माओवादी केन्द्रका नेता अमर नेपाली माईकलको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजिकरण नगर सचिव तुलसी थापाले गर्नुभएको थियो । सम्मेलनले नँया नेतृत्व

तपाईंको प्रतिक्रिया