विद्यालय कर्मचारी परीषद् घोराहीको अध्यक्षमा डिसी

 मङि्सर ११, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् घोराहीको नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बसन्त डिसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा मनविर चौधरी र दिपा पाण्डेय,सचिवमा चादनी हमाल,कोषाध्यक्षमा मिनेश श्रेष्ठ,सहसचिवमा कल्पना थापा र सह कोषाध्यक्षमा सावित्रा गौतम रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रदिप चौधरी,सुनिल खाती,फुलराम चौधरी, महेन्द्र चौधरी रहनुभएको छ । नगर बसन्त डिसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष गोविन्द जिसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथी जिसीले विद्यालय कर्मचारीहरु विच एकता हुन आवस्यक रहेको बताउनुभएको थियो । न्युन तलवमा कार्यरत कर्मचारीका माग सम्बोधनका लागी थुप्रै प्रयास भएपनि सार्थकता नपाएकोले एक जुट भई क्रियासिल हुनुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा परीषद्का केन्द्रीय सदस्य घन बहादुर रावत,जिल्ला सहसचिव निर्मला शर्मा लगायतले बोल्नुभएको थियो । यसैविच अधिबेशनले कर्मचारीको कोष सञ्चालन गर्ने लगायतका निर्णयहरु पारीत गरेको छ ।

तपाईंको प्रतिक्रिया