जाजरकोट बस दुर्घटना : मृतकको सनाखत

 मङि्सर १२, २०७८

दाङ । जाजरकोटमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । आज बिहान नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो ।


दुर्घटनामका परी मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दीनुभयो । बस सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको प्रहरीले बताएको छ । घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया