घरमा झुण्डिएको अवस्थामा तिन जनाको शब फेला

 मङि्सर १२, २०७८

जनकपुरधाम । सर्लाहीमा आफ्नै घरमा झुण्डिएको अबस्थामा तिन जनाको शब फेला परेको छ । सर्लाहीको बरहथवा नगरपालिकामा आमा सहित दुई बच्चा घरभित्र मृत अवस्थामा भेटीएका छन ।

मृत फेला पर्नेमा बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दीएको छ । कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिएर नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दीनुभयो । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया