घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 पुष १३, २०७८

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकोमा आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएकोमा आज १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया