तुलसीपुर महोत्सव २०७८ को समापन

 पुष १३, २०७८

तुलसीपुर । तुलसीपुरमा जारी महोत्सवको आज समापन गरिएको छ । तुलसीपुर चेम्वर अफ कर्मसले आयोजना गरेको तुलसीपुर महोत्सव २०७८ को आज एक कार्यक्रमका बिच समापन गरिएको हो । कृषि, पर्यटन र प्रर्वद्धन गर्ने उद्देश्यका साथ पुस १ गते देखी सुरु भएको महोत्सवको आज समापन भएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक टोप बहादुर घर्तिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै सांसद केसीले विकास र समृद्धिको लागी सवै एक जुट हुन आबश्यक रहेको बताउनुभएको थियो । विकासमा सबै एकै ठाउमा उभिनुपर्छ, पक्ष विपक्ष भयो भनेत्यसले पुर्णता पाउदैन उहाले भन्नुभयो । उहाले महोत्सवले यँहाको कला,सस्कृतीको जर्गेना गर्नुका साथै विकासमा थप टेवा पुग्ने बताउनुभयो । साथै चेम्वरले भवन निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हुदा त्यसका लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल चेम्वर अफ कर्मसका केन्द्रिय सदस्य महादेव पोख्रेलले महोत्सव भव्य रुपमा सफल भएको बताउनुभयो । कार्यक्रममा महोत्सव अवधिभर सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषि भण्डारीले गर्नुभएको थियो । यसैबिच महोत्सवको आज अन्तिम दिन गायक खेम सेन्चुरीको विशेष प्रस्तुती रहेको थियो ।

तपाईंको प्रतिक्रिया