तुलसीपुरमा शिक्षक,विद्यार्थी सहित ४५ जनामा कोरोना संक्रमण

 पुष २२, २०७८

तुलसीपुर । पछिल्लो समय तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । विद्यालयका शिक्षक विद्यार्थी देखि लिएर ब्यवसायी समेतमा कोरोना संक्रमण देखिएको छ । यसरी दैनिक रुपमा कोरोना संक्रमण दर बढेपछि संकास्पद लक्षण देखीएका व्यक्तिहरुलाई निशुल्क कोरोना परिक्षण गर्न आग्रह गरिएको छ । कुनै मानिसमा कोरोनाको संकास्पद लक्षण देखा परेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीहरुले कोरोना परिक्षण गर्न सुझाव दिएका छन् ।

यसैविच आज पनि तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको आरटी एन्टिजेन मार्फत कोरोना परिक्षण गरिएको छ । तुलसीपुरको गुरुजजुर मावि रक्षाचौरका शिक्षक र विद्यार्थी सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । यस्तैगरी मावी सेन्टर स्कुलका शिक्षक विद्यार्थीसहित १५ जना, स्वास्थ्यकर्मी ८ जना र अन्य नागरिक ११ गरी जम्मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झन्डै दुई सय जनाको कोरोना परीक्षण गरिएको हो ।

यसअघि तुलसीपुरका अश्वारा माविका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । यस्तै आज ओमिक्रोन हो होइन भनेर परिक्षणका लागि २० जनाको स्वाव भने नेपालगञ्ज पठाइएको पनि केसीले जानकारी दिए । स्वावको नतिजा आउन कम्तीमा पनि एक हप्ता लाग्ने समेत उनले बताए ।।

तपाईंको प्रतिक्रिया