अन्तर्राष्ट्रिय बजारमै रसायनिक मलको अभाव

 पुष २५, २०७८

काठमाण्डौ । अहिले नेपालमा रसायनिक मलको अभाब देखिएको छ । अन्तर्राष्ट्रिय बजारमै रसायनिक मलको अभाव रहेको र अत्यधिक मूल्यवृद्धि भएकोकृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १० हजार मेट्रिक टन रसायनिक मलमात्रै मौज्दात रहेका कारण पछि झन् मलको अभाब देखिने सम्भावना रहेको छ । अत्याआवश्यक बालीमा मलको अभाब रोक्न सरकारले उपलब्ध मल किफायत र फारो गरी प्रयोग गर्न कृषकलाई अनुराध गरेको छ ।

रासायनिक मलमा मात्र भर नपर्न तथा प्राङ्गारिक मल प्रयोगमा बढवा दिन कषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्र राय यादबले अनुरोध गर्नु भएको छ । अत्याआवस्यक बालि बाहेकका रसायनिक मलको प्रयोग नगर्न पनि उहाँको सुझाब छ । रासायनिक मलको आयात प्रतिस्थापन गर्न सरकारले भकारो सुधारलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । रासायनिक मल व्यवस्थापनः हालको अवस्था र भावी कार्यदिशाबारे जानकारी दिँदै मन्त्रालयले मलमा आत्मनिर्भर हुन जैविक तथा प्राङ्गारिक मल प्रवद्र्धनको खाँचो औँल्याएको बताउनु भएको छ ।

धान, चिया, उखु र तरकारीलाई जेठदेखि असोज, गहुँ, उखु र तरकारीलाई कात्तिकदेखि पुस तथा चैतेधान, मकै र तरकारीलाई माघदेखि वैशाखसम्म आवश्यकतानुसार बार्षिक ७ लाख मेट्रिक टन युरिया, डिएपी र पोटास मल चाहिन्छ । तर पर्याप्त मात्रामा मल आपुर्ती गर्न नसकिदा पनि मलको अभाब भएको हो ।

तपाईंको प्रतिक्रिया