मेलमिलापकर्तालाई पुनर्ताजकी तालीम

 पुष २७, २०७८

दिप्तिशिखा चौधरी, दङ्गिशरण । मेलमिलापकर्ताहरुका लागि ४ दिने पुनर्ताजकि अभिमुखिकरण कार्यक्रम दङ्गिशरण गाउँपालिकामा शुरु भएको छ । दङ्गिशरणका मेलमिलापकर्ताहरुका लागि पुनर्ताजकि होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । आज मंगलबार बाट शुरु भएको तालिम चार दिन सम्म संचालित हुनेछ ।

दङ्गिशरण गाउँपालिकाको आयोजनामा संचालित कार्यक्रमको प्रशिक्षकमा अधिवक्ता मेलमिलाप प्रशिक्षक अर्जुन कुमार अधिकारी , गोकर्ण खत्री रहनुभएको छ । सो अवसरमा शिक्षा शाखा प्रमुख विनोद अधिकारीले मेलमिलाप अथवा अन्य कार्यहरुमा सहकार्य , समन्वय र सहअस्तित्व तीनका सिद्धान्तहरु अपनाएर नेपालको संविधान २०७२ अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका न्यायिक समिति सदस्य भुप बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो । कार्यक्रम अधिकृत किरण पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजिकरण महिला बालबालिका शाखाकि चन्द्रा वलीले गर्नुभएको थियो । तालिममा श्रीगाउँ, गोलटाकुरी र हेकुलिका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया