लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा – रिजाल

 पुष २८, २०७८


लक्ष्मण बस्नेत, तुलसीपुर ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा बिमल रिजाल चयन हुनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसिपुरमा सम्पन्न प्रथम महाधिवेशनले सर्वसहमतिमा रिजाललाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्ष द्वयमा जित बहादुर केसि,प्रयागदास गोर्खाली,महासचिवमा बिनिल केसि,कोषाध्यक्षमा मोहन सुनार, सचिब राज कुमार पाण्डे हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र रिजाल,दुर्गा बहादुर खड्का, देब बहादुर केसि,सचिन पौडेल,वीर बहादुर रावत,डम्बर बहादुर बुढाथोकी,साबित्रा गुरुङ,श्याम घले,रामजी यादव र राजिव सिह क्षेत्री रहनु भएको छ । महाधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश ग्रामीण,पर्यटन तथा शहरी बिकास मन्त्री माननीय डिल्ली बहादुर चौधरिले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय मन्त्री चौधरीले खेलकुदलाई मानव स्वास्थ्य र रास्ट्रको समृद्धि संग जोडेर लैजानु पर्ने बताउनु भएको छ । साथै उहाँले दाङको तुलसिपुर उपहानगरपालिकाले उपलब्ध गराएको चार कठ्ठा जग्गामा निर्माण हुने भनिएको तेक्वान्दो कभर्डहलका लागि आफ्नो मन्त्रालय मार्फत पचास लाख रकम बिनियोजन गरेको समेत बताउनुभयो । नेपाल तेक्वान्दो संघका केन्द्रीय महासचिव दिप राज गुरुङले खेलकुद बिकासको मुल आधार हो भन्ने बुझाई लाई आत्मसात गर्दै संघको अस्तित्वलाई कसरी स्थायित्व प्रदान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन सबैमा आग्रह गर्नु भयो । संघका उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रममा भर्खरै बागमती प्रदेशको काठमाडौमा सम्पन्न मेयरकप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा सहभागी भई लुम्बिनी प्रदेशलाई दोस्रो स्थान दिलाउन सफल पदकधारी खेलाडी, टिम कोच बम बहादुर बिक, टिम ब्यबस्थापक राजेन्द्र बिक र सुपर स्टार तेक्वान्दो डोजाङ बाकेलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव बिनिल केसिले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया