तुलसीपुर-६ नम्बर वडा माघ ५ सम्म बन्द

 पुष ३०, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयको सेवा माघ ५ गतेसम्मका लागी बन्द गरिएको छ । वडाका कर्मचारी र जनप्रतिनिधिमा कोरोना सक्रमण देखिए पछि अतिआबश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपमहानगरको विपत ब्यबस्थापन समितिका संयोजक तथा वडाध्यक्ष नबराज लामीछानेको अध्यक्षतामा आज वडा कार्यलयमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निणर्य गरेको हो । साथै वडा बाट उपलब्ध हुने अतिआवश्क बाहेकका सेवा सुबिधाहरु अनलाईन बाट प्रदान गरीने अध्यक्ष लामिछानेले बताउनु भयो ।

साथै बैठकमा समुदायमा थप संक्रमित नफैलियोस भन्नका लागि सचेतना अभियानका लागि सन्चार माध्यम प्रयोग गर्ने , अति आबश्यक सेवा बाहेक अन्य सेवा प्रभाह लाई रोक्नका लागि स्मार्ट लकडाउन गर्ने , नागरीक लाई खोपका लागी पहल गर्नै कदम चाल्ने निर्णय भएको छ । बैठकमा ६ नंम्बर वडा सदस्य हरी बहादुर वलि ,स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश न्यौपाने , बिभिन्न राजनितिक दलहरुका प्रतिनिधि , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।।

तपाईंको प्रतिक्रिया