जेनिशले चुमे ‘द भ्वाइस किड्स’को उपाधि

 माघ ०२, २०७८

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । अन्तिम प्रतिष्पर्धामा पुगेका आठजनालाई पछि पार्दै जेनिशले उपाधि चुमेका हुन् । कार्यक्रम शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि हिमालय टिभी एचडीबाट प्रशारण हुँदै आएको थियो। टिम प्रमोदका उपाधि विजेता जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको भ्वाइस अफ किडको कोचमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

तपाईंको प्रतिक्रिया