त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

 माघ ०६, २०७८


काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

यस अघि बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए-नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिनुभएको थियो । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया