दाङमा ईट्टाको मूल्य बढ्यो

 माघ ०६, २०७८

तुलसीपुर । ईट्टा तयार पार्न आवश्यक पर्ने कच्चा पदार्थको मूल्य वृद्वि भएको भन्दै दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघले ईट्टाको मूल्यमा वृद्वि गरेको छ । भोलि शुक्रबारदेखि लागु हुनेगरी एक नम्बर ईट्टाको प्रतिईटा १६ रुपियाँ, दुई नम्बर ईट्टाको प्रति ईटा १२ रुपियाँ र तीन नम्बर ईट्टाको मूल्य दश रुपियाँ कायम गर्ने संघले जनाएको छ ।

लगातार बेमौसमी वर्षा, कोइला, इन्धन, श्रमिकको लागतमा वृद्वि भएपछि ईट्टाको मूल्य वृद्वि गर्नुपरेको संघका सचिव प्रेमनाथ योगीले जानकारी दिनुभयो । उहाँकाअनुसार गतवर्ष प्रति केजी इट्टा पोल्नका लागि कोइला २५ रुपियाँ प्रति केजी थियो । यो वर्ष बढेर ३५ रुपियाँ पुगेको संघले जनाएको छ ।

त्यसैगरी डिजेलको प्रतिलिटर एक सय रुपियाँबाट एक सय २१ रुपियाँ पुगेको छ । त्यसैगरी गतवर्ष श्रमिकहरुको प्रति दिन एक हजार रुपियाँ पारिश्रमिक थियो । अहिले १२ सय रुपियाँ पुगेको संघका पदाधिकारीहरुको भनाई छ ।

योभन्दा अघि एक नम्बर ईट्टाको प्रति ईटा मूल्य १५ रुपियाँ, दुईको ११ रुपियाँ र तीन नम्बरको नौ रुपियाँ कायम गरिएको थियो ।

तपाईंको प्रतिक्रिया