लोक सेवाका सबै लिखित परीक्षा स्थगित

 माघ ०६, २०७८

काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ ११ गते देखि माघ मसान्तसम्म आयोगबाट संचालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको हो ।

आयोगमा कार्यरत कर्मचारीहरुमा कोभिड १९ को संक्रमण देखा परेको कारणले आगामी माघ ११ गते देखि माघ मसान्तसम्म लिखित परीक्षा स्थगित गरिएकाे आयोगले जनाएको छ ।

साथै फागुन १ गते देखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा ७ दिनको पूर्व सूचना दिई पूनस्तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने आयोगका उपसचिव एकनारायण शर्मा बताए ।

लिखित परीक्षा बाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन गर्ने आयाेगले बताएकाे छ ।

तपाईंको प्रतिक्रिया